बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ ।
विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि निर्माण भएको पार्कको सौन्दर्यकरण गर्न विभिन्न फुल प्रजातिका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
“कपुर, कल्की, गुल्मर, धुपी, पारिजात लगायत प्रजातिका १५० वटा विरुवा रोपेर सिचाईको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “दुई वर्षअघि डिभिजन वन कार्यालयको सहयोगमा निर्माण भएको पार्कलाई थप व्यवस्थि तगर्न वृक्षारोपण गरिएको हो ।”

Gunasthariya Shiksya


जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर लगायत सुरक्षा अधिकारी, कार्यालय प्रमुखहरु, वन प्राबिधिकहरुको उपस्थिति थियो ।
यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ लगायत संघ संस्था र सर्जेनी सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारी तथा सदस्यहरुले पनि वृक्षारोपण कार्यक्रममा सक्रीय सहभागिता जनाएका थिए ।
“पलास्टिक जन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ” भन्ने मुल नाराका साथ सोमबार विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...