कोअपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा न्यु धौलागिरिका श्रेष्ठ

khali

बेनी, । कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यु धवलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ व्यवस्थापक बसन्त श्रेष्ठ चयन हुनुभएको छ ।
बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चिम नेपाल साकोशका प्रेमलाल कडेल (सदन) रहनुभएको छ ।
उपाध्यक्षमा लोकदीप साकेशका नेत्रराज सुवेदी, सचिवमा संगिनी साकोसका तेजकुमारी बानिया, कोषाध्यक्षमा दिदिबहिनि साकेशका समिक्षा ढुंगाना चयन हुनुभएको छ ।
सदस्यहरुमा रुप्से साकोशका यामनारायण पाइजा, जागृति महिला बहुउद्देश्यीय सहकारीका जमुनादेवी पौडेल, सौगात सहकारीका लक्ष्मी शर्मा, युनिक सहकारीका डिल्लिराज पौडेल, गोर्खा भूतपुर्व सैनिक साकोशका शिव खड्का र विश्वामित्रका सरस्वती बानिया रहनुभएको छ ।
म्याग्दीमा रहेका सहकारी संस्थाका प्रबन्धकहरु आवद्ध संस्थाले सहकारी संस्थाका कर्मचारीहरुको क्षमता विकास र अधिकारका लागि पैरवी गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...