देउराली आमा समूहको भवन निर्माण

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ खानीगाउँमा देउराली आमा समूहको भवन निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको रु. चार लाख र वडा कार्यालयको रु. एक लाख बजेटमा स्थानीयबासीले जनसहभागिता जुटाएर सभाहल सहितको भवन बनाएका हुन् ।
भवन निर्माण भएपछि भेला बैठक, सभा, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको छ । भवनको शनिबार जलजला गाउँपालिकाका अध्यक्ष राजुुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।
तुलसी पुनको अध्यक्षता, गोपाल मगरको सञ्चालनमा सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश), वडा अध्यक्ष टुंगनाथ शर्मा, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य लोकराज आचार्य लगायतको आतिथ्यता थियो ।
भवन निर्माण भएको खुसीयालीमा स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । कार्यक्रममा सहभागिहरुले सामुदायिक भवनलाई सार्वजनिक हित, सिप विकास र आयआर्जनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...