प्रदेशस्तरीय ठेलो प्रतियोगितामा पर्वत बिजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो ।
म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको प्रतियोगितामा पर्वतबाट सहभागि भएका किरन विक प्रथम, राजेन्द्र हमाल द्वितिय, र निशान बोहोरा तृतिय हुनुभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वय भएको प्रतियोगितामा उपाधी विजेता खेलाडीलाई ट्रफी, मेडेल र प्रमाणपत्रसहित क्रमशः नगद रु. २५ हजार, रु. १५ हजार र रु १० हजारले पुरस्कृत गरिएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य एवम् यस प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।
गुरगुरे ठेलो प्रतियोगितामा प्रथम हुने विकले १४.८, द्वितिय हुने हमालले १३.९७, तृतिय हुने बोहोराले १२.८२ मिटर ठेलो फाल्न सफल हुनुभएको थियो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...