चौतारीको सिर्जनशिल पुरस्कार जिसीलाई

khali

बेनी, प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई पुरस्कृत गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका जिसीलाई कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्यादीका अध्यक्ष प्रताप बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । उहाँले समाजमा पछाडि पारिएका समुदाय र विकास निर्माणमा हुने ढिलासुस्ती तथा विकृतिका बारेमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना गर्न नेपाली पे्रस जगतको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । पत्रकार पनि समाजको अभिन्न अङ्ग भएकाले राजनीतिक दलले पत्रकार र पत्रकारिता पेशामाथि हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन अध्यक्ष बस्नेतले बताउनुभयो ।

khali

पत्रकारिता पेशा र पे्रस जगतको हकहित संरक्षण र प्रवर्धन गर्न सबै पेशागत सङ्गठनहरु एक हुनुपर्ने बताउनुभयो । पत्रकारीता क्षेत्रमा देखिएको विकृति हटाउन पनि पत्रकार महासंघको शुद्धीकरण अभियानलाई देशभर प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

एमाले गण्डकी कमिटी अध्यक्ष शर्माले राजनीतिक क्षेत्रमाजस्तै पत्रकारिता क्षेत्रमा पनि विकृतिहरु देखिन थालेको भन्दै पत्रकार र प्रेस जगतलाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । पत्रकारीता क्षेत्रकोे हकहितका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र केसी लगायतले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बानियाँको अध्यक्षता, सचिव अमित विश्वकर्माको संचालनमा भएको कार्यक्रममा चौतारीका केन्द्रिय र प्रदेशस्तरका पदाधिकारी, जिल्लाका नेता एवम् विभिन्न संगठनमा आवद्ध ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...