जामुनाखर्कमा शैक्षिक महोत्सव

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ ।

अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको सहआयोजक बेनी नगरपालिका रहेको छ ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यालय स्तरीय चित्रकला, बृद्धिचाल, नृत्य, खुल्ला कविता, भजन, सकारात्मक सोच सम्बन्धी प्रशिक्षण, हाजीरी जवाफ, वक्तृत्वकला र विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी गरिएको छ ।

Shreekrishna hardwear in news

विद्यालयका प्रध्यानाध्यापक सोमनाथ ढुङ्गानाले कक्षाकोठाको पठनपाठनका अलावा विद्यार्थीहरुलाई रुचि र क्षमता अनुसारका अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर सिर्जनशिलताको विकास गर्ने उद्देश्यले शैक्षिक महोत्सव आयोजना गरिएको बताउनुभयो ।

यसअघि वि.स. २०७६ जेठ १५ देखि १८ गतेसम्म शैक्षिक महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री पदर्शन गरिएको छ । विद्यालय, विद्यार्थीसँगै अभिभावकहरुबीच पनि विभिन्न प्रतियोगिता आयोजना गरिएको छ ।

Bhautik ministry notice about road

विद्यालयमा विद्यार्थीहरुले आर्जन गरेको शिक्षालाई ब्यवहारमा उतार्न र प्रतिभाको पहिचान गर्न शैक्षिक महोत्सव आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो ।

महोत्सवको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाले उद्घाटन गर्नुभयो । “महोत्सवले शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन र विद्यार्थीहरुको क्षमता पहिचान गर्नमा सहयोग पुग्ने विश्वास लिएको छ,” उहाँले भन्नुभयो “सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि गण्डकी प्रदेश सरकार हातेमालो गर्न तयार छ ।”

गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले विद्यालयमा पढाईसंगै अतिरिक्त क्रियाकलापसंग जोडिएको शैक्षिक महोत्सवले विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो । सरकारी विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार गराउनका लागि तीन तहको सरकारसंग समन्य गरेर योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने लगायतको सहभागिता रहेको थियो । नगरप्रमुख केसीले सार्वजनिक शिक्षाको सुधारका लागि समुदाय र व्यवस्थापन समितिका सक्रीयता, शिक्षकको सिर्जनशिलताको आवश्यकता रहेको बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको अध्यक्षता, सदस्य ध्रुवराज सुवेदीको स्वागत र शिक्षक मदन सुवेदीको संचालनमा भएको कार्यक्रममा प्रअ सोमनाथ ढुङ्गानाले विद्यालयको गतिबिधि, योजना र महोत्सव आयोजना गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नुभएको थियो ।

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, ब्यवस्थापन समिति, शिक्षक, अभिभावक, सहयोगदाता, आमासमुह र विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थित महोत्सवमा रहेको थियो । विद्यार्थी र अभिभावकहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...