बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

Gandaki Pardesh notice

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा मन्त्री सिम्खडालाई निर्माणाधिन भवनलाई पूर्णता दिन पहल र नयाँ आर्थिक वर्षको शुरुका महिनामा हुने जनशक्ति अभावको समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको हो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले वि.स. २०७३ देखि शुरु भएको ५० शैया क्षमताको अस्पताल भवन निर्माणले पूर्णता नपाउँदा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्नुपर्दा समस्या भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

यसैगरी करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीहरुको हरेक वर्षको असारमा सम्झौता सकिने र नयाँ स्वास्थ्यकर्मी, चिकित्सक भर्ना नहुँदा सम्म एक देखि दुई महिना जनशक्ति अभाव हुने समस्या हटाउन भर्ना प्रक्रीया छिटो शुरु गर्न आवश्यक रहेको अध्यक्ष सुवेदीको भनाई थियो ।

“२०७६ सालमै सकिनुपर्ने नयाँ भवन निर्माण अझै पुरा भएको छैन,” अध्यक्ष सुवेदीले भन्नुभयो “यो भवन जति सक्दो छिटो निर्माण सम्पन्न गर्ने वातावरण बनाइदिन अनुरोध गर्दछौ । साथै नयाँ आर्थिक वर्षको शुरुवातसँगै स्वास्थ्यकर्मी र चिकित्सक अभाव हुने समस्या हटाउन साउन १ गते अघिनै नयाँ कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।”

Bhautik ministry notice about road

मन्त्री सिम्खडाले अस्पतालहरुमा जनशक्ति, उपकरण र औषधीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको आफ्नो जिम्मेवारी पुरा गर्न संवेदनशिल र सचेत रहेको बताउनुभयो ।

“अहिले हामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने काममा केन्द्रित छौ,” उहाँले भन्नुभयो “समयमै औषधी, उपकरण अस्पताल र स्वास्थ्य चौकीमा पुग्ने व्यवस्था मिलाएका छौ । जनशक्ति अभाव हुन नदिनका लागि छिट्टैनै निर्णय लिन्छौ ।”

संघीय सरकार मातहतको सहरी विकास आयोजना मार्फत सञ्चालित अस्पताल भवन निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीलाई ताकेता र कारबाहीको सिफारिस गर्ने मन्त्री सिम्खडाले चेतावनी दिनुभयो । अस्पताल जस्तो संवेदनशिल संस्थाको भवन निर्माणमा लापरबाही हुनु गैरजिम्मेवार भएको उहाँको भनाई थियो ।

गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बेनी अस्पतालको भवनको विषयमा पटक पटक संसदमा कुरा उठाएको र प्रधानमन्त्री मार्फतनै ताकेता गरिएपनि निर्माण कम्पनीले अपेक्षाकृत गतिमा काम नगरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईले स्वास्थ्यको भवनमा अस्पतालको कार्यालय, डायलाइसीस, आईसीयु कक्ष राखिएको बताउनुभयो ।

दरबन्दी अनुसारका जनशक्ति अभाव भएपनि स्थानीय तहहरुसँगै समन्वय गरेर समयमै औषधी, खोप आपुर्ति र स्वास्थ्यकर्मीको क्षमता विकासका तालिम सञ्चालन गरिएको लम्सालले बताउनुभयो । गण्डकी प्रदेशमा स्वास्थ्यको सूचकमा लमजुङ पछि म्याग्दी जिल्ला रहेको लम्सालले जानकारी गराउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...