मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी ढोरपाटन सडक ओझेलमा

Sinchai Khanipani notice

बेनी, पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ् । तर पछिल्लो दुई वर्षयता बजेट बिनियोजन नहुँदा सडक निर्माण रोकिएको छ ।

भौगोलिक रुपमा म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार काठमाडौ र पोखरा देखि बेनी हुदै ढोरपाटन र पुर्वी रुकुम जोड्ने यो छोटो दुरिको सडक हो । बेनी देखि मुना हुदै खोरीयासम्म ५० किलोमिटर सडकको मार्ग खुलीसकेको र ढोरपाटन देखि जलजला सम्म पनि १० किलोमिटर कच्चि सडक बनेको अध्यक्ष पुनले बताउनुभयो ।

“बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिन्छ,” उहाँले भन्नुभयो “पुर्वी रुकुमको टकसेरा देखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो दुई वर्षयता बजेट बिनियोजन नहुँदा रोकिएको छ । १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीका सरोकारवालाले खोरीया पुगेको सडकलाई ढोरपाटन हुँदै पुर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पुर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,” उपाध्यक्ष पुनले भन्नुभयो “तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको छ ।”

बेनी–दरबाङ–धारापानी–ताकम–मुना सम्मको सडक कालोपत्रे गर्ने र मुना देखि जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिइने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उहाँको भनाई छ ।

“म्याग्दी हुदै ढोरपाटन पुगेर बुर्तीबाङ हुदै लुम्बीनी र पोखरा पुग्ने पर्यटन मार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेट्छौ,” उहाँले भन्नुभयो “बेनी देखि दरवाङ हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना सम्मको सडक कालोपत्र गर्ने र ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिन्छौ ।”

प्रदेश सरकार मार्फत बेनी देखि मंगला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भइसकेको छ । सिम देखि लाम्पाटा–४ किलोमिटर र लाम्पाटा देखि दरवाङको ८ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तिब्रता पाएको छ । दरवाङ देखि धारापानीसम्म ७ किलोमिटर सडक ग्राभेल गर्ने योजनाको काम जारी छ ।

दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु. एक करोड ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरी गाउँपालिकाले जनाएको छ । बि.स. २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दुरिको बेनी–दरवाङ सडक वि.स. २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पुर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...