वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव

Sinchai Khanipani notice

पोखरेबगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन चयन हुनुभएको छ । पोखरेवगरमा बिहिबार भएको वाईसिएलको पहिलो पालिका सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय कमिटि चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा रजिन वि.क, कोषाध्यक्षमा निशा विक रहेको कमिटि गठन गरिएको जिल्ला सचिव कृष्ण पौडेल शर्माले जानकारी दिनुभयो । कमिटिको सदस्यहरुमा निशान पाईजा, धिरज बरुवाल, कृष्ण पाईज पुन, नारायण बरुवाल, दलबहादुर तिलिजा, सुदिप विक, राजाराम बरुवाल, अजित गर्वुजा, होमबहादुर पुन, पुष्पक पाइजा, विमल पुन र राजकुमार सुनार रहनुभएको छ ।

Bhautik ministry notice about road

सम्मलेनलाई सम्वोधन गर्दै योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले वाईसियलमा आवद्ध युवाहरु एकताबद्ध भएर संघीयतालाई अनुसार पाटीको सिद्धान्त र ऐजण्डालाई संस्थागत गराउनमा ध्यान दिन संगठनमा आवद्ध युवाहरुलाई आग्रह गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

उहाँले केन्द्रदेखि स्थानीय तहमा कानुन विपरित हुने क्रियाकलापमा खवरदारी भूमिका प्रस्तुत गराउनमा वाईसियलमा आवद्ध युवाहरुको भूमिका महत्वपूण हुने बताउनुभयो । वाईसियलका जिल्ला सचिव पौडेल र पाटीका आवद्ध अन्नपूर्णका नेताहरुको उपस्थित रहेको थियो । वाईसियल म्याग्दीले अन्नपूर्णसंगै, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा अघिवेशन सम्पन्न गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...