म्याग्दीका चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका अधिवक्ता चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।

Bhautik ministry notice about road

गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले शर्मालाई मुख्य न्याधिवक्ता नियुक्त गर्ने निर्णय गरेको मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिका हुन्छ । न्यायाधिवक्ता शर्मा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । कानुन विषयमा स्नाकोत्तर तह उतिर्ण गर्नुभएका शर्मा बेनी नगरपालिका –१० पात्लेखेतका बासिन्दा हुनुहुन्छ ।
शर्मा गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बेनी नगरपालिकाको नगर प्रमख पदमा उमेद्वार बन्नुभएको थियो । शर्माले नेपाल बार एसोशियसन म्याग्दी जिल्ला अदालत बार इकाईको पनि नेतृत्व गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...