बेनी–दरवाङ र दरवाङ–धारापानी सडक निर्माणले गति लियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी–दरवाङ र दरवाङ–धारापानी सडक निर्माणले गति लिएको छ ।

बेनी–दरवाङ सडक आयोजनाको सिम–लाम्पाटा र लाम्पाटा–दरवाङ खण्ड तथा दरवाङ–धारापानी सडक स्तरोन्नितिको कामले तिब्रता पाएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले केही समययता तीन वटै सडक निर्माणको कामले गति लिएको जनाएको छ ।

निर्माण व्यवसायीले काममा तिब्रता दिएको र सरोकारवालाहरुको सक्रीयताका कारण ढिलासुस्तिले थलिएको सडक निर्माणले पूर्णता पाउने आशा गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले ढिलै भएपनि तीन वटै आयोजनाका निर्माण व्यवसायीहरुले तिब्रताका साथ काम गरिरहेका बताउनुभयो ।

Shreekrishna hardwear in news

“काममा फर्काउन धेरै मेहनत गर्नुपरेको र दवाव दिनुपरेको थियो,” उहाँले भन्नुभयो “निर्माणलाई तिब्रता दिन जनप्रतिनिधि र सरोकारवालाहरुबाट पनि सहजिकरणमा सहयोग भएको छ । कार्यालयले पनि ताकेता गरिरहेका छौ ।”

म्याग्दीको ‘लाईफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । बेनी–देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२.५ किलोमिटर सडक गत वर्ष कालोपत्र भइसकेको छ ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको चार दुई किलोमिटर सडक कालोपत्रका लागि सम्झौता गरेका निर्माण कम्पनीले आधा भन्दा बढी ठाउँमा सडक विस्तार, पर्खाल र नाली बनाएको छ ।

Bhautik ministry notice about road

२०७८ पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधी भएको यो सडक अहिलेकै गतिमा काम भएमा आगामी हिउँदमा सकिने पूर्वाधार विकास कार्यालयको भनाई छ ।

लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । करिब १० महिनापछि गत फागुनमा काममा फर्किएको बिरुवा–क्याराभानले लाम्पाटा देखि तोलावाङ सम्म बर्खा अघिनै बेस र सब बेस बिछ्याउने तयारी गरेको प्रतिनिधि सोमनाथ गौचनले बताउनुभयो ।
दुई वटै ठेक्का मार्फत सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । सात किलोेमिटर दुरीको दरवाङ–धारापानी सडक आयोजना अन्तरगत दरवाङ देखि फेदी सम्मको दुई किलोमिटर पाँच सय मिटर सडक ग्राभेल भइसकेको छ ।

फेदी देखि धारापानी सम्मको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम भैरहेको छ । ८ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण भएको छ । ग्रेड र घुम्ति मिलाइएको छ ।

दरवाङ—धारापानी सडक स्तरोन्नतिका लागि २०७६ चैत ४ गते रु. १४ करोड ३८ लाख ६७ हजार १७६ मा धुलीखेल–ब्राइट–कुवर जेभीले ठेक्का सम्झौता गरेको थियो । जोखिमयुक्त मानिएको बादिकाको उकालोमा दुई वटा घुम्ती थपेर चार सय मिटर नयाँ मार्ग बनाएर ग्रेड मिलाउने र विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

विस्तार सकिएको ठाउँमा पर्खाल र नाली निर्माण भैरहेको छ । धारापानी खण्डमा पनि सडक विस्तारको तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) बर्गमा राखेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले शनिबार निर्माणाधिन तीन वटै सडकको अनुगमन गर्नुभयो । “थप उपकरण र मजदुर परिचालन गरेर सडक निर्माणलाई अझै तिब्रता दिनुपर्छ,” उहाँले भन्नुभयो “काम भएका आयोजनाका लागि बजेटको अभाव हुन दिदैनौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...