रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन सांसद भण्डारीको माग

Gandaki Pardesh notice

पोखरा, ः गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले म्याग्दी जिल्लामा मकै र धान बालीका लागि माग अनुसार रासायनिक मल आपुर्ति नहुँदा कृषक समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“गत वर्ष म्याग्दी जिल्लामा ३२ मेट्रिक्टन रासायनिक मल आपुर्ति भएको थियो,” उहाँले भन्नुभयो “अहिले जम्मा १५ टनको कोटा तोकिएको रहेछ् । कृषि उत्पादन बढाउने कुरा गर्दै गर्दा किन खेतीबालीका लागि आवश्यक मल समयमै पर्याप्त आपुर्ति नभएको हो ।”
मकैबाली गोडमेल र धान बाली गर्ने समय नजिकिएको छ । कृषकले आवश्यक मात्रामा रासायनिक मल नपाउँदा समस्यामा परेका छन् । मल अभावका कारण कृषि उत्पादनमा गिरावट आउने कृषकहरुको चिन्ता छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...