जलजलाको सालिमेडिलमा ट्रस पुल निर्माण

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–६ तारेको ठूलोखोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।
जलजला गाउँपालिका, स्वाप कार्यक्रम र समुदायको रु. तीस लाख बढीको लगानीमा सालिमेडिल तारे स्टिल ट्रस पुल योजना निर्माण भएको हो ।
२८ मिटर लामो पुलबाट जलजला गाउँपालिका–६ का १२४ घरधुरीका ६७० जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । पुल बनेपछि सुरक्षित र सहज रुपमा आवत जावत गर्ने सुविधा पाएका छन् ।
कुल रु. ३० लाख ६४ हजार ९२४ लागत अनुमान गरिएको पुल निर्माणमा स्वापबाट रु. २६ लाख नौ हजार १८५ र गाउँपालिकाले रु. तीन लाख ९८ हजार ४४० लगानी गरेका छन् ।

Bhautik ministry notice about road


समुदायले रु. ६१ हजार २९८ बराबरको श्रमदान गरेका छन् । वि.स. २०७८ फागुन ८ गते सम्झौता भएको पुल निर्माण कार्य २०७९ जेठ ५ गते शुरु भएको थियो । पुल निर्माणका लागि खुर्कोट युवा क्लव पर्वत र टिविएसयु सहयोग इकाई पोखराले प्राविधिक सहयोग गरेका थिए ।
पुलको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक .आचार्य (आकाश)ले मंगलबार उद्घाटन गर्नुभयो । उपाध्यक्ष आचार्यले पुलको दिगो प्रयोगमा समुदायले चासो र संरक्षण गर्नुपर्ने बताउनुभयो ।
एल्जिना पौडेलले सञ्चालन र टेकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका ईन्जिनियर सुनिल बानिया, योजना शाखा प्रमुख गोविन्द बहादुर जिसी, वडा सदस्य दिपक पुन लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...