३५ वर्षदेखि हराएका भुरुङ्ग–तातोपानीका यामबहादुर भारतको लद्दागमा भेटिनुभयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीबाट ३५ वर्षअघि हराउनु भएका एक व्यक्ति भेटिनु भएको छ ।
भुरुङ्ग–तातोपानीका ७० वर्षीय यामबहादुर सुनार भारतको लद्दागमा भेटिनुभएको हो । वडा सदस्य समेत रहेका सुनारका भतिज बिरबहादुर पौडेल (बि.क)ले ३५ वर्षदेखि हराउनुभएका माइला बुवा भेटिनुभएको जानकारी दिनुभयो ।
“कामको खोजीमा वि.स. २०४५ मा भारतमा जानु भएका उहाँ घर फर्कनुभएको थिएन,” उहाँले भन्नुभयो “लद्दागको एउटा वृद्धाश्रममा पुगेका नेपालीले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो र तस्विरको आधारमा माइलाबुवालाई पहिचान गरेर भाइहरु लिन जादैछन् ।”
यामबहादुरका छोरा अमरध्वज र बिरेन्द्र मंगलबार लद्दाग जान लाग्नुभएको हो । रोजगारीका लागि भारतको पश्चिम बंगाल जानुभएका यामबहादुरले त्यहाँ सडक आयोजनामा काम गर्नुभएको थियो ।
मजदुरको नाइकेको रुपमा काम गरेका यामबहादुर ठेकेदार भागेपछि साथमा पैसा नभएपछि घर फर्कन नसकेर त्यही ज्याला मजदुरी गरेर गुजारा चलाउनु भएको थियो । शारिरिक रुपमा अशक्त भएपछि उहाँ लद्दागको वृद्धाश्रममा गएर बस्नु भएको हो ।
बर्षौसम्म घर नफर्किएपछि यामबहादुरका परिवारले आशा मारिसकेका थिए । हराएको ३५ वर्षपछि यामबहादुर भेटिदाँ परिवारमा खुसीयाली छाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...