बेनीमा परम्परागत ठेलो र तोरीपानीमा छात्र भलिबल प्रतियोगिता हुने

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनीमा प्रदेश स्तरीय परम्परागत ठेला (छेलो) र मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेशको खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले बेनीमा जेठ २० गते ठेलो र गलेश्वर माध्यमिक विद्यालय बेनपा–९ले जेठ २५ र २६ गते तोरीपानीमा छात्र भलिबल प्रतियोगिताको आयोजना गरेका हुन् ।

ठेलो फाल्ने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ३÷३ र म्याग्दी जिल्लाका ५ जनाले भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “परम्परागत खेलकुदको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “जिल्ला खेलकुद विकास समितिले छनौट गरेर पठाउने खेलाडीलाई बेनीको खुल्ला मञ्चमा प्रतिस्पर्धा गराउछौ ।”

Upper Myagdi transmition line notice

दश किलोग्राम भन्दा बढी तौल भएको ठेलो सबैभन्दा टाढा फाल्नेलाई पहलमान घोषणा गरि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेले क्रमश रु. २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

Annapurna aarohan ko notice

गण्डकी प्रदेशमा दोस्रो र म्याग्दी जिल्लामा पहिलो पटक परम्परागत ठेलो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता सञ्चालनका लागि खेलकुद सामग्री र पुरस्कार प्रदेशबाट प्राप्त भइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव दानबहादुर राईले बताउनुभयो ।

यसैगरी विद्यालय बालबालिका कार्यक्रम अन्तरगत गलेश्वर माविमा आयोजना हुने छात्र भलिबल प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश रु. ५५ हजार ५५५ र रु. ३३ हजार ३३३ पुरस्कार पाउने गलेश्वर माविका प्रअ गणेश बानियाले बताउनुभयो ।

२१ सदस्यीय मुल आयोजक समिति गठन गरेर प्रतियोगिताको तयारी थालिएको उहाँले बताउनुभयो । “हाम्रा विद्यार्थी, हाम्रो पहिचान, खेलसँगै गुणस्तरीय शिक्षाको अभियान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरी आगामी तिज पर्वको अवसरमा जिल्ला खेलकुद विकास समतिको आयोजनामा बेनीमा महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...