गणतन्त्र दिवसमा लोकगित प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, १५ जेठ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा सोमबार जिल्लास्तरीय अन्तरमावि लोकगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गणतन्त्र दिवस–२०८० को अवसरमा आयोजित प्रतियोगितामा १९ जनाले सहभागिता जनाएका थिए । जनता माध्यमिक विद्यालय दग्नामकी अस्मिता सेन्च्युरी प्रथम, जामुनाखर्क माविकी जमुना दर्जी द्वितीय, प्रकाश माविकी निरुता विश्वकर्मा तृतीय र बेनी सामुदायिक माविका सज्जन परियार सान्त्वना भएका छन् ।
प्रतियोगिताबाट प्रथम हुनेलाई नगद २५ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले देशमा गणतन्त्र ल्याउनका लागि आम कलाकार, साहित्यकार, कलाकर्मीलगायत सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।

Bhautik ministry notice about road


उहाँले ०६२÷६३ को जनआन्दोलनमा कलाकारहरुले गीत, सङ्गीत, गजल, नृत्य र साहित्यको माध्यमबाट रचनात्मक भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गणतन्त्र दिवसको अवसरमा आयोजित लोकगीत प्रतियोगिता कार्यक्रमले भाषा, कला, साहिन्य, गीतसङ्गीत क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफू जुन ठाउँमा भए पनि त्यहीँबाट सहयोग गर्नुपर्ने भन्दै गीतसङ्गीत र कलाको क्षेत्रमा नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रतियोगिताले गीत र सङ्गीतको मात्र संरक्षण नभई गणतान्त्रिक संस्कृतिको पनि संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सहसचिव तारानाथ आचार्य, गण्डकी प्रदेश अध्यक्ष राजन कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र प्रतिष्ठान म्याग्दीका सल्लाहकार जीवनबहादुर विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...