विद्युत रोयल्टी वितरणमा असन्तुष्ट नारच्याङवासी आन्दोलनमा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विद्युत रोयल्टी वापत प्राप्त हुने रकम बाँडफाटको निर्णयमा असन्तुष्ट वडा नम्बर ४ नारच्याङका बासिन्दाहरु आन्दोलनमा उत्रिएका छन् ।

जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित, नजिकको वडालाई २५÷२५ र पालिकालाई वाँकी ५० प्रतिशतका आधारमा रोयल्टी बाँडफाँड गर्ने गरी नीति बनाउने गाउँ कार्यपालिकाको जेठ ८ गते बसेको बैठकको निर्णयप्रति नारच्याङका जनप्रतिनिधि र बासिन्दाहरुले असहमति जनाएका हुन् ।

असन्तुष्ट नारच्याङका जनप्रतिनिधि, अगुवा, क्लव, आमा समूहका प्रतिनिधिहरुले आइतबार बिरोध प्रर्दशन गरेका थिए । नारच्याङ देखि नाराबाजी गर्दै पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयसम्म नाराबाजी गर्दै आएका थिए ।

Shreekrishna hardwear in news

जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी रु. आठ करोड ७८ हजार पाउने प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । त्यसमध्य रु. ७३ लाख गाउँपालिकालाई प्राप्त भइसकेको छ ।

Bhautik ministry notice about road

रोयल्टी वापत प्राप्त भएको रकम वाँडफाँडका जेठ ८ गते वसेको कार्यपालिकाको वैठकले नीति बनाएपछि नारच्याङवासीहरुले विरोध जनाएका छन् । जलविद्युत आयोजनाबाट सवै भन्दा धेरै प्रभावित वडा भएकाले रोयल्टीको पचास प्रतिशत रकम पाउनुपर्ने स्थानीयहरुले माग गरेका हुन् । कार्यपालिकाको वैठकमा नारच्याङले पचास प्रतिशत पाउनुपर्ने माग राखेको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

‘‘जलविद्युत आयोजनाहरु धेरै नारच्याङमा सञ्चालन भएको र पालिकाका अन्य वडाभन्दा नारच्याङ धेरै प्रभावित वडा भएकाले पालिकामा आउने रोयल्टी वापतको रकमको कम्तिमा पचास प्रतिशत पाउनुपर्दछ,” उहाँले भन्नुभयो “पालिकाको निर्णयप्रति मेरो सहमति छैन् । गाउँको भेला डाकेर के गर्ने भन्ने निर्णयमा पुग्छौ । पचास प्रतिशत नपाए हामी आन्दोलनमा जान्छौं ।’’

‘‘जलविद्युत आयोजनाबाट सवैभन्दा धेरै प्रभावित वडा नारच्याङ हो । हामीले हाम्रो जमिन गुमायौं । पानीका मुहानहरुमा ठूलो असर गरेको छ,” नारच्याङका बासिन्दाहरुले भनेका छन् “बम ब्लास्टिङले वातावरणमा असर पु¥याएको छ । हाम्रो पारिस्थितिक प्रणाली अस्तब्यस्त भएको छ र चारैतिर विजुलीका तारैतारले गाउँलाई नै कुरुप बनाएको छ’’

पालिकालाई प्राप्त हुने रोयल्टीको रकम बाँडफाँडका लागि कार्यपालिकाको वैठकबाट भविष्यमा पनि सहज होस् भनेर नीति बनाउन लागिएको गाउँपालिकाको भनाई छ । अन्य वडाहरुमा पनि जलविद्युत आयोजनाहरु निर्माणधिन अवस्थामा रहेकाले एउटै वडालाई मात्र पचास प्रतिशत दिँदा अन्य वडालाई भोलीका दिनमा अन्याय वडा नम्बर ४ बाहेकका वडाका जनप्रतिनिधिकहरुको भनाई छ । कार्यपालिकाका १६ जना मध्य १५ जना सदस्यले उक्त निर्णयमा सहमति जनाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...