महिनावारी स्वच्छता दिवस मनाइयो

Sinchai Khanipani notice

बेनी, । कदम म्याग्दीले ‘सम्मानित महिनावारी ः हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२३ मनाएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट मालिका गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माविमा दिवस मनाइएको हो ।
कदम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग, राष्ट्रिय मावि र रुम स्वास्थ्य चौकीको समन्वयमा माध्यमिक विद्यालयका किशोर किशोरीहरुलाई लक्षित ‘महिनावारी स्वच्छता व्यवस्थापनमा हाम्रो भूमिका’ विषयमा निबन्ध लेखन र वाचन प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा ८, ९ र १० का १९ जना छात्राछात्रहरुले भाग लिएका प्रतियोगितामा कक्षा ८ की देविका पुन प्रथम, कक्षा १० की ललिता बिक दृतीय र कक्षा १० का तेजिना पुन तृतीय भएका थिए ।
प्रतियोगितामा बिजयी विद्यार्थीलाई प्रमाणपत्र र व्यक्तिगत सरसफाईको सामग्रीहरु वितरण गरिएको थियो । राष्ट्रिय माविका सहायक प्रधानाध्यापक ईन्द्रकमल पुनको सञ्चालन तथा सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा शिक्षक र विद्यार्थीका अलावा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, रुम स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य र वडाका जनप्रतिनिधीहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागिहरुले महिनावारीलाई लाजको विषय ठान्न नहुने र विद्यालयमा महिनावारी स्वच्छता कायम राख्न सके समुदाय स्तरसम्म पनि सचेतना फैलाउन सकिने बताएका थिए । महिनावारीको समयमा किशोरीहरुलाई आउने समस्या, महिनावारी सम्बन्धी समुदायको धारणा र विद्यालय स्तरमा महिनावारी स्वच्छता व्यवस्थापनको लागि गर्न सकिने प्रयासहरु बारे अभिमुखीकरण गरिएको थियो ।
परियोजना अन्तरगत विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन र सरसफाईका विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन् । हरेक वर्ष अंगेजी महिना मे २८ लाई महिनावारी स्वच्छता दिवसको रुपमा मनाउदै आइएको छ । अन्तराष्ट्रिय स्तरमा सन २०१४ देखि हरेक वर्ष मे २८ देखि मनाउन शुरु गरिएको दिवस नेपालमा सन २०१५ देखि मनाउन थालिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...