गणतन्त्र दिवसको अवसरमा बरंजामा लोक गित प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । गणतन्त्र दिवस २०८० को अवसरमा आइतबार म्याग्दीको बरंजामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
बरंजा भुतपुर्व विद्यार्थी क्लवको आयोजनामा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका विद्यालयका विद्यालय स्तरीय लोक गित प्रतियोगिता भएको हो । ११ समुहले सहभागिता जनाएको प्रतियोगितामा जनप्रिय आधारभूत खर्कका कञ्चन दगाई पुन र अस्मिता सापकोटा प्रथम भए ।
महेन्द्ररत्न माविका लक्ष्मी आचार्यको समूह प्रथम, महेन्द्ररत्न आधारभूतका रेजिना नेपाली तृतीय, सरिना विक र बिपना चोचाङ्गे सान्तवना भएका थिए । विजयी कलाकारहरुलाई कापी, कलम र प्रमाणपत्र वितरण गरिएको थियो ।
सहभागि विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप कलम र कापी वितरण गरिएको थियो । क्लवका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षता, महेन्द्ररत्न माविको व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यता, क्लव सहसचिव खगेन्द्र सापकोटाको सञ्चालन र सचिव गणेश केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ । यसै वर्ष जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जनाइएको छ । महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले विद्यालयको कार्यक्रममा पुर्व विद्यार्थीहरुको राम्रो साथ र सहयोग मिलेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...