जवरजस्ती करणी, अपहरण र शरिर बन्धक मुद्दामा एक युवा पक्राउ

khali

युवाका समर्थक र दलित अगुवाहरुद्धारा जातीय विभेद भएको भन्दै बिरोध प्रर्दशन

बेनी, । जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ ।
भल्गर र मोटरसाइकल राईडर रहेका बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ ।
बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाईको माग गर्दै मोटरसाइकल ¥याली सहित बिरोध प्रर्दशन गरेका हुन् । खुल्ला मञ्च खेलमैदानबाट शुरु भएको ¥याली बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने दलित अगुवाहरुले अन्तरजातीय बिवाहका कारण केटी पक्षका परिवारले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेद भएको बताएका थिए । उनिहरुले निष्पक्ष अनुसन्धान, छानविन र न्याय दिलाउने वातावरण बनाउन माग गरेका थिए ।

Shreekrishna hardwear in news
khali


¥यालीमा सहभागि हुन बेनी र आसपासका ठाउँका अलावा, बागलुङबाट मोटरसाइकल राइडरहरु बेनी आएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बसेललाई एक युवतिले दर्ता गरेको अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको हो ।
“युवति आफै कार्यालयमा आएर किटानी जाहेरी गर्नुभएको हो,” उहाँले भन्नुभयो “पहिलो पटक पाँच दिनको म्याद थपेर हिरासतमा राखिएका आरोपीलाई थप अनुसन्धानका लागि अनुदानको सहमतिमा सात दिन समय थपिएको छ ।”


सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा युवतिको नाम र तस्विर सार्वजनिक भएको विषयमा गोपनीयताको ख्याल गर्न प्रनाउ कुँवरले अनुरोध गर्नुभएको छ । प्रभातका मामा बिलबहादुर नेपालीले भने दलित समुदायका केटाले क्षेत्री केटीसँग गरेको बिवाहलाई भाड्न केटीलाई उचालेर मुद्दा लगाइएको बताउनुभयो ।
प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । मोटरसाइकल राइडर र युटु्युवमा भल्ग सञ्चालन गरेका प्रभातले ती युवतिसँग गत फागुनमा भागी बिवाह गरेको उनका आफन्तहरुले बताएका छन् ।


१५ दिन भारतको कलकत्तामा दुई जना सँगै बसेर केटीका अभिभावकले स्विकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उपचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको प्रभातकी ठुलीआमा मायादेवी बस्यालले बताउनुभयो ।
प्रभातको आमा र दुई जना भाईको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो । आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...