नेपाल महिला संघ म्याग्दीको नेतृत्व चयन

khali

बेनी, । नेपाल महिला संघ म्याग्दीको पुर्नगठन भएको छ । बेनीमा शुक्रबार भएको नेपाली काँग्रेस निकट महिलाहरुको भेलाबाट निर्मला श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिवमा पुष्पा पौडेल घिमिरे, केशमाया मगर, कोषाध्यक्षमा स्यानीमाया कार्की र सहसचिवमा सुगम श्रेष्ठ चयन हुनुभएको नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले बताउनुभयो ।
संघको सदस्यहरुमा गिता रोका, चन्द्र शाही, बबिता सापकोटा, रबिना भट्टचन, सिता शर्मा, प्रकृति भण्डारी, मञ्जु केसी र बालकुमारी खत्री रहनुभएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन र लेखक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति रेशमबहादुर बानियाले पार्टीका गतिबिधीलाई निरन्तरता र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । महिला संघको संगठन विस्तार र महिला शसक्तिकरणको अभियान चलाउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, प्रदेश सांसद गौचन, काँग्रेस म्याग्दीका सचिव भरत रकाल, पुर्व सहसभापति नेत्रबहादुर महत लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...