सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ -मन्त्री जुग्जाली

Shreekrishna hardware

बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।
“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति गर्न मन्त्रालयले थ्रेस होल्ड बनाउँछ,” उहाँले भन्नुभयो “धेरै योजनामा बजेट वितरण गर्दा कार्यान्वयन, प्रभावकारिता र नियमनमा समस्या देखिएको छ ।”
विज्ञहरुबाट प्रदेश सरकारका पूर्वाधार योजनालाई रु. पचास लाख भन्दा कम बजेटका योजना नबनाउन सुझाव आएको बताउँदै चाप थेग्न चुनौति भएपनि विगतको तुलनामा आगामी वर्षको बजेटमा सुधार हुने बताउनुभयो ।


प्रदेशले सञ्चालन गर्ने सडक, पुल र भवन सम्बन्धी योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अघि बढेको बताउनुभयो । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित हुनुभएका जुग्जालीले प्रदेशको सन्तुलित विकासका लागि वैज्ञानिक बजेट वितरणको शुरुवात गर्ने र त्यसबाट म्याग्दी जस्ता विगतमा पछि परेका जिल्लाहरुलाई न्याय हुने बताउनुभयो ।
मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयको समस्या पहिचान गरेर समाधानमा केन्द्रित भएको मन्त्री जुग्जालीले बताउनुभयो । यातायात कार्यालयमा बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरेको र विद्युतीय सवारी साधन दर्ताको लागि मन्त्रालयबाट निर्णय भइसकेको बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना


म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ बजेट बिनियोजन हुने बताउनुभयो । तीन वर्षदेखि रोकिएको अर्चेखोला र अदिभाराको मोटरेबल पुल निर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा बजेट व्यवस्थापन गरेर क्रमागत योजनाका लागि ठेक्का प्रक्रीया अघि बढेको मन्त्री जुग्जालीले बताउनुभयो ।


“अर्चेखोलाको पुललाई रु. चार करोड ८२ लाख र अदिभारा पुलको रु. सात करोड लागत अनुमानको डिपिआर बनेपनि २० प्रतिशत बजेट बिनियोजन नहुँदा ठेक्का लाग्न सकेको थिएन,” उहाँले भन्नुभयो “मन्त्रालयमा अड्किएर बसेको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुलको लागि पनि बजेट व्यवस्थापन गरेर ठेक्का लगाउन निर्देशन भइसकेको छ ।”
संविधानसभा सदस्य तथा माओवादीका जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादीका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, बेनी नगर अध्यक्ष शेरबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायतले आगामी आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमका विषयमा समन्वय गर्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...