अर्मनमा नेकपाका ५३ जना काँग्रेसमा प्रवेश

khali

बेनी । मंगला गाउपालिका–५ अर्मनमा मंगलबार ५३ जना नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

छिसवाङमा आयोजित कार्यक्रममा उनिहरु नेकपा त्यागेर काँग्रेसमा प्रवेश गरेका हुन् । युवा संघका प्रताप रोका, तत्कालीन माओवादी केन्द्रबाट स्थानीय तह चुनावमा वडा सदस्य वदा उमेद्वार कुमारी मल्ल, युवा संघका अध्यक्ष सहित ५३ जना प्रवेश गरेका नेपाली काँग्रेस म्याग्दीले जनाएको छ । उनिहरु अर्मनको पाखु, हिलवाङ, छिस्वाङ, पिपलबोट, पोक, कुरसिम्ला र खारपानीका हुन् ।

khali

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, सचिव मिनबहादुर कार्की, मंगला गाउपालिका सभापति नरसिंह खत्री, मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सचिव मिनबहादुर कार्की, सदस्य बलभद्र ढकाल, निर्वाचन क्षेत्र खका सभापति कमल छन्त्याल लगायतले स्वागत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

नवप्रवेशीहरुलाई उचित स्थान दिने बताउदै काँग्रेस म्याग्दीका सभापति गर्बुजाले पार्टी प्रवेश अभियान जिल्लाभर उत्साहजनक रुपमा चलेको बताउनुभयो । केही समयअघि काँग्रेसले अर्मनको पिपलबोट घर भएका नेकपाका पुराना नेता बलभद्र ढकाल र अनेरास्ववीयूका पुर्व अध्यक्ष रुद्र किसानलाई आफ्नो पार्टीमा भित्र्याएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...