तातोपानी बजारमा सडक कालोपत्र

Gandaki Pardesh notice

तातोपानी, म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) भएको छ ।
बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र भएको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले ३२५ मिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको बताउनुभयो ।
ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सोमरस निर्माण सेवाले कालोपत्रको काम सकेको जनाएको छ । रु. २३ लाख लागत अनुमान गरिएको यो योजनाका लागि सोमरसले सात प्रतिशत घटेर ठेक्का सम्झौता गरेको थियो । सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेकोे तल्लो तातोपानी बजारबासीले बताएका छन् ।
नगरपालिकाको अर्को शिर्षकमा बिनियोजन भएको रु. १० लाखको बजेटबाट प्रहरी चौकी क्षेत्रमा नाली निर्माण, सवारी आवत जावतलाई असहज बनाएका ढुङ्गा फुटाउने र ढलानको काम उपभोक्ता समिति मार्फत भएको छ । चौकीटोलमा १०३ मिटर सडक ढलान भएको वडा सदस्य प्रेम श्रीसले बताउनुभयो ।
तातोपानीका बासिन्दा समेत रहेका वडा सदस्य श्रीसले उपल्लो तातोपानी बजारमा पनि कालोपत्र गर्न आगामी वर्षको योजनामा समेटिने बताउनुभयो । तातोपानी प्राकृतिक उपचार स्थलको रुपमा परिचत छ ।
तातोपानी कुण्डमा डुबेर स्नान गर्न स्वदेश तथा विदेशबाट वार्षिक हजारौ पाहुनाहरु आउने गर्छन् । बेनी बजार देखि तातोपानी हुदै मंगला गाउँपालिकाको सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालयले गत वर्ष कालोपत्र गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...