मिलनचोक -रातोढुङ्गा प्रशारण लाइन निर्माण सूचारु

Gandaki Pardesh notice

बेनी, म्याग्दीमा चार वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम सूचारु भएको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको थियो ।
आयोजना प्रमुख बोधराज ढकालले जिल्ला समन्वय समितिमा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकको निर्णयपछि प्रशारण लाइनको पोल गाड्ने र तार तान्ने काम सूचारु भएको बताउनुभयो । बैठकले स्थानीयबासीहरुले उठाएको विद्युत आपुर्ति सम्बन्धी मागको सुनुवाई गर्ने र आयोजना निर्माणलाई गति दिने निर्णय गरेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बुधबार बेनीमा आयोजना र नेपाल विद्युत प्राधिकरणका अधिकारी, प्रभावित वडा र पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत सुरक्षा अधिकारीहरुको बुधबार बेनीमा रोकिएको प्रशारण लाइन निर्माण गर्ने विषयमा छलफल गर्न बैठक बसेको थियो ।
नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले रु. आठ करोडमा सन २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रशारण लाइन सन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।
सबस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । कुल ५०० वटा पुल गाड्नुपर्नेमा बेनी नगरपालिका–६ डम्मरामा २५ र मंगला गाउँपालिका–२ सिमलचौरमा ४२ वटा सहित ८० वटा पोल गाड्न र तार तान्न बाँकी छ । बाँकी पोल गाड्ने र तार तान्ने काम बिहिबारदेखि शुरु भएको एटुजेड निर्माण कम्पनीका प्रतिनिधि पद्यमसागर लुइटेलले बताउनुभयो ।

Bhautik ministry notice about road


“सहमति भएको ठाउँमा आजैदेखि काम शुरु गरेका छौ,” उहाँले भन्नुभयो “सरासर काम गर्न पायौ भने दश दिनमा प्रशारण लाइन तयार हुन्छ । असार महिनाभित्र सवस्टेशन चार्ज र प्रशारण लाइन सञ्चालन गर्ने लक्ष्य छ ।”
चार वर्ष अघिनै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रशारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति प्रभावित भएको छ ।
सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवनलाई पूर्णता दिन मजदुर परिचालन भएका छन् ।
सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि अधुरो छ । म्याग्दीका जनप्रतिनिधिहरुले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गर्नुभएको थियो ।
सवस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।
“हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...