गण्डकीमा उर्जा विकास सम्भावनाको खोजीका लागि कार्यशाला

Beni Sanjibani

पोखरा, । जलविद्युत उत्पादमा गण्डकी प्रदेश देशमै पहिलो स्थानमा पर्दछ । देशमा हाल उत्पादन भएको कूल जलविद्युतको ५० प्रतिशत हिस्सा गण्डकीले ओगटेको छ ।

उर्जा विकासको प्रचुर सम्भावना रहेकाले प्रदेशको समृद्धिमा उर्जाको महत्व छ । प्रदेशको उर्जा विकासको सम्भावना र चूनौतीहरुको खोजी गर्न पोखरामा यही जेठ ११ र १२ गते कार्यशाला आयोजना गरिएको छ ।

Aantarik mamila Bal Marry sambandi

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)को आयोजनामा गण्डकी प्रदेशको दिगो विकासका लागि उर्जा विषयमा सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका कार्यसमिति सदस्य प्रकाशचन्द्र दुलालले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

Mangala Health notice

दुलालले भन्नुभयो, “गण्डकी प्रदेशमा रहेको जलस्रोत र उर्जालाई यस प्रदेशको आर्थिक वृद्धि र समृद्धिको प्रमुख स्रोतका रुपमा विकास गर्न कार्यक्रम सफल हुने विश्वास लिएका छौँ ।” कार्यशालाबाट प्रदेशमा उर्जा क्षेत्रको विकास र प्रवद्र्धन गरी प्रदेशको आर्थिक जग बलियो बनाउन सहयोगी हुने विश्वास आयोजकको छ ।

कार्यशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, जलविद्युत क्षेत्रका प्रवद्र्धक तथा सञ्चारकर्मीहरु गरी एक सय जनाको सहभागिता रहने बताइन्छ । कार्यशालामा विभिन्न विषयमा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी छलफल हुने इपानका शंकर बस्यालले बताउनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...