अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

Gandaki Pardesh notice

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुर्नस्थापना सेवाको परिचय र नीतिगत व्यवस्थाबारे सरोकारवालाहरुलाई जानकारी गराउन तथा पुनसर््थापना सेवा प्रवद्र्धन गर्ने संस्थाहरुको भूमिका र वित्तीय व्यवस्थापनको बारेमा छलफल भएको थियो ।

नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने सवालमा जानकारी गराउने तथा अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संघसंस्थाका प्रतिनिधिहरुको अनुभव आदानप्रदान पनि गरिएको बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनसर््थापनामा नीतिगत व्यवस्था र हालको अवस्था तथा चुनौती एवं समस्याहरुको पहिचान गरी सरोकारवालाहरुलाई जानकारी गराएर समाधानका उपायहरुको खोजी गर्नका लागि पनि कार्यक्रमको सञ्चालन गरिएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र खत्री, गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, स्वास्थ्य पुनसर््थापना संयोजक सुर्य भट्टराई र मनोविमर्शकर्ता लक्ष्मी रामदामले सहजीकरण गर्नुभएको थियो । अपाङ्गताको परिभाषा, वर्गीकरण, अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ्य तथा पुनसर््थापनाको सवाल, मनोसामाजिक सेवा र वर्तमान अवस्था एवं चुनौतीको विषयमा सहजीकरण, छलफल तथा अन्तत्र्रिmया गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कार्यक्रममा उठेका प्रश्नहरु सवाल र जिज्ञासाको समाधान गर्नुभएको थियो । सहभागीले उठाएको जिज्ञासाहरु मेटाउँदै उहाँले जिल्ला समन्वय समितिको सभाहल सहितको भवन आफूहरु आउनुभन्दा पूर्व नै निर्माण भएकाले अपाङ्गतामैत्री बनाउनमा छुटेको बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समितिको सभाहलमा अपाङ्गता भएका व्यक्तिहरुको सहज रुपमा आवतजावको व्यवस्थापन गर्न आवश्यक पहल गरिने भन्दै जिल्लामा अब बन्ने सबै भवन तथा कार्यालयहरु अपाङ्गतामैत्री बनाइने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्ति तथा सम्बन्धित संघसस्थाहरुले आयोजना गरेका सबैखाले कार्यक्रमहरुमा आफूले खबर पाएसम्म उपस्थिति जनाउने गरेको बताउँदै जिसस प्रमुख थापाले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकताका लागि आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले पछिल्लोपटक अस्पतालमा मनोपरामर्श र फिजियोथेरापी सेवा सञ्चालन गरिएको बताउँदै दोभाषेको अभाव रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिका कार्यालय परिसर अपाङ्गतामैत्री बनाइएको बताउँदै नगर क्षेत्रमा घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरी ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिक र शारिरिक रुपमा अशक्तहरुको घरमै उपचार गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा नगरको सबै वडा र वस्तीहरुमा अपाङ्ग र अशक्तहरुलाई लक्षित गरेर कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्देश्यसहित प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका संयोजक लिला गौतमको सञ्चालन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...