मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

Beni Sanjibani

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको टोलीले पैदलयात्रा थालेका हुन् ।

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उहाँकै नाममा नामाकरण गरिएको छ ।

Mangala Health notice

अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहिबार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले विदाई गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुदै शुक्रबार बिहान आधार शिविर प्रस्थान गरेका छन् ।

Aantarik mamila Bal Marry sambandi

पोखरेबगरदेखि हुमखोलासम्म गाडी मार्फत गएको टोलीले त्यहाँ देखि चार हजार १०० मिटर उचाईमा रहेको आधार शिविरसम्म पैदलयात्रा गरेर आइतबार फर्कने कार्यक्रम छ । आधार शिविरमा दौड प्रतियोगिता र प्रर्यटन प्रर्वद्धन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पुनले सहज रुपमा छोटो पैदलयात्रा गरेपछि पुगिने र सुरक्षित अन्नपूर्ण आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नारच्याङका तेज गुरुङको अगुवाईमा वि.स. २०६८ मा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि वि.स. २०७६ मा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।

“अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग तयार भएको सन्देश प्रवाह गराउनु हाम्रो उद्देश्य हो,” गाउँपालिकाका अध्यक्ष पुनले भन्नुभयो “हुमखोला देखि एकै दिनको पैदलयात्रा गरेर आधार शिविर पुगिने पदमार्गको बारेमा जानकारी नहुँदा धेरै आरोही र पर्यटक हेलिकप्टरबाट जाने गरेका छन् ।”
गाउँपालिकाका उपाध्यक्ष तिलिजाले मौरिसको पाइला पछ्याएर तयार पारिएको पदमार्ग सुरक्षित र सहज भएको बताउनुभयो । “अन्नपूर्ण र निलगिरी खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तु, झरनाको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ,” उहाँले भन्नुभयो “आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको धार्मिक महत्व पनि छ ।”

मानव वस्ती देखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चार लगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको पनि गाउँपालिकाले जनाएको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...