मुस्ताङमा सार्वजनिक यातायातको भाडा घट्यो

Sinchai Khanipani notice

बेनी, । पर्यटकीय जिल्ला मुस्ताङबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनको यातायात भाडादर समायोजन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र यातायात व्यवसायीहरुको संयुक्त बैठकले मुस्ताङदेखि म्याग्दी हुदै देशका विभिन्न स्थानमा चल्न सवारी साधनको भाडादर घटाउने निर्णय गरेको हो ।
समायोजन भएको भाडादर बिहिबारदेखि लागू गरिएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । बेनी–जोमसोम सडक अन्तरगत घाँसा देखि जोमसोम सम्मको अधिकांश खण्डमा कालोपत्र भएपछि सर्वसाधारणले भाडादर समायोजन गर्न माग गरेका थिए ।

Bhautik ministry notice about road

जोमसोम देखि पोखरा २० प्रतिशत र काठमाडौं चल्ने सवारी साधनको भाडा साविकको तुलनामा १३.०४ प्रतिशतका दरले घटाइएको हो । जोमसोम–पोखरा प्रतिव्यक्ति रु. एक हजार दुई सय र काठमाडौ–जोमसोम रु. दुई हजार प्रतिव्यक्ति भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

जिप र ट्याक्सीको भाडादर पनि केहीदिनमा कायम गरिने प्रशासनले जनाएको छ । मुस्ताङको जोमसोम देखि देशका विभिन्न सहरमा चार वटा कम्पनीका बसले यातायात सेवा दिदै आएका छन् । भाडामा यात्रु बोक्ने रातो नम्बर प्लेट भएका निजी सवारी साधनलाई नियमन गर्न सार्वजनिक यातायात व्यवसायीले माग गरेका छन् ।

लामो दुरीका यातायातको भाडादर समायोजन भएपछि स्थानीयबासीका साथै मुस्ताङ भ्रमणमा जाने पर्यटक र तिर्थयात्रीहरु लाभान्वित भएका छन् । बेनी–जोमसोम कोरला सडक आयोजना मार्फत मुस्ताङको घाँसा देखि जोमसोम सम्मको २९ किलोमिटर सडक कालोपत्र गर्ने काम हालै सकिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...