म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण

Sinchai Khanipani notice

बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्वन्धी तालिम संचालन गरिएको हो ।
दुई दिन संचालन हुने तालिममा क्षमता विकास विज्ञ पंकज अधिकारी र शाखा अधिकृत प्रकाश ओझाले विषयगत समितिका पदाधिकारीलाई विभिन्न विषयमा प्रशिक्षण गराउनुहुने छ । तालिममा क्षमता विकास विज्ञ अधिकारीले स्थानीय तहका जनप्रतिनिधिले वस्ती र वडास्तरमा योजना छनौट, प्राथमिकता, योजना छनौटको अभ्यास, उपसमिति गठन, योजना तर्जुमा प्रक्रियामा समितिहरुको भूमिका विषयमा प्रशिक्षण गराउनुहुने छ ।

Bhautik ministry notice about road


त्यस्तै म्याग्दीका जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेलले स्थानीय तहको काम, कर्तव्य र अधिकारमा सरोकारवालाहरुको भूमिकाबारे, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले लैंगिक समानता र सामाजिक समावेशीकरण विषयमा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका शाखा अधिकृत प्रकाश ओझाले शासन, सुशासन र कार्यसम्पादन सम्वन्धी विषयगत समितिका संयोजकलाई जानकारी गराउनुहुने छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गवुर्जाले तालिमबाट प्राप्त ज्ञानले आगामी आर्थिक बर्षको बजेट तर्जुमा र सेवाप्रवाहलाई सहज रुपमा अघि बढाउन सहयोग पु¥याउने विश्वास गर्नुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहबाट समाधान हुने विषयमा वडाअध्यक्षहरुले साना साना सिफारिसलाई प्रशासनमा नपठाउन आग्रह गर्नुभयो । जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत उपस्थित रहेको कार्यक्रममा पत्रकार घनश्याम खड्काले मन्तव्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...