सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुग्दा बेनीमा खानेपानी आपुर्ति प्रभावित

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता खानेपानीको अभाव भएको छ ।
सडक विस्तारका क्रममा खानेपानीको पाईपलाइनमा क्षति पुगेकाले बजारमा आपुर्ति प्रभावित भएको हो । पर्याप्त र नियमित खानेपानी आपुर्ति नहुँदा जार, वोत्तलको पानी प्रयोग गर्नुपर्ने बाध्यता भएको बेनी क्याम्पसचोकका ठाकुरप्रसाद शर्माले बताउनुभयो ।

“धारामा नियमित पानी आउन छाडेको एक हप्ता भन्दा धेरै भयो,” उहाँले भन्नुभयो “पिउने, खाना पकाउने, नुहाउने, कपडा धुने र सरसफाई गर्न पानी नपाएर बजारबासीको जनजिवन अस्तव्यस्त भएको छ ।”

बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार ७० घरधुरीलाई बेनी खानेपानी उपभोक्ता संस्थाको रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ । दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गर्दै आएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट ल्याउने पानी बेनी–जोमसोम सडक विस्तारका क्रममा डोजरले फुटाइदिदाँ नियमित आपुर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

“दैनिकजसो सडकमा पाइप पुट्ने गरेको छ, हामीले नियमित मर्मत पनि गरिरहेका छौ, मर्मतका लागि लाग्ने समयमा पानी आपुर्ति हुदैन् । जसले गर्दा बजारमा माग अनुसार पर्याप्त पानी वितरण गर्न नसकिएको हो,” उहाँले भन्नुभयो “पाइपमा कम क्षति पुग्ने गरेर काम गर्न र पाईप फुटेको अवस्थामा तत्कालै मर्मतमा कर्मचारी परिचालन गर्दै आएका छौ ।”

विकल्पमा म्याग्दी नदीबाट प्रतिसेकेण्ड १५ लिटरका दरले पानी तान्ने लक्ष्य सहित सञ्चालित आयोजना निर्माणकै क्रममा रहेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत बेनी देखि गलेश्वर सम्मको तीन किलोमिटर सडक स्तरोन्नतिको काम तिब्रताको साथ भइरहेको छ ।
सडकको कुना र डिलतर्फ राखिएको खानेपानीको पाईप डोजर र मजदुरले काम गर्दा फुट्ने गरेको छ । बजारबासीको गुनासो आएपछि बेनी खानेपानी उपभोक्ता संस्था, निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिसँग छलफल गरेर पानी आपुर्तिलाई सहज बनाउन पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

क्षति पुगेको पाइप मर्मत र जडान खर्च निर्माण कम्पनीले बेनी खानेपानी उपभोक्ता संस्थालाई उपलब्ध गराउने र संस्थाले जति सक्दो छिटो मर्मत गरेर पानी आपुर्ति गराउने सहमति भएको नगर प्रमुख केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...