असिनाले खेतीबाली नष्ट

Sinchai Khanipani notice

बेनी, । म्याग्दीका विभिन्न ठाउँमा आइतबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषि निराश भएका छन् ।

मालिका, रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तलाजात फलफुल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

मालिकाको पन्थोक, मगरदाङ, जुग्जा, रुन्मा, रघुगंगाको मौवाफाँट, मंगलाको कुहुँ, अन्नपूर्णको टिकोटमा हावाहुरी सहितको असिना परेको थियो ।

Shreekrishna hardwear in news

हुर्कदै गरेका मकै र आलुका बिरुवा असिनाले चुटेर क्षति गरेको मालिका गाउँपालिका–५ पन्थोकको भिम मा.वि.का प्रअ डम्बरबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

सुन्तला, कागती र टिम्मुरका बटिला असिनाले झारेको छ । ब्याडमा हुर्कदै गरेको धानका बेर्नालाई पनि असिनाले चुटेको छ । पन्थोक क्षेत्रमा परेको असिना तीन घण्टासम्म जमेको थियो । भित्र्याउने तयारीमा रहेको गहुँका दाना असिनाले भुईमा झारिदिएको छ ।

मकै म्याग्दीको प्रमुख खाद्यबाली हो । आलु र सुन्तला म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हुन् । यसपाली हिउँ र बर्षात नहुँदा जौ, गहुँ, उवा, तोरी, केराउ लगायत हिउँदेबालीको उत्पादनमा असर परेको छ ।

क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकहरुलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...