पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्धारा सवा छ करोडको बजेट सार्वजनिक

Gandaki Pardesh notice

पशु बिमाको सबै प्रिमियम सरकारले तिरिदिने, दूध उत्पादनको आधारमा अनुदान दिइने
बेनी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालू आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने कार्यक्रम र बजेट मंगलबार सार्वजनिक गरेको छ ।

केन्द्रको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रशासनिक ८५ लाख ७५ हजार सहित चालुतर्फ छ करोड दुई लाख ९९ हजार र पुजिगत तर्फ २३ लाख ३० हजार रुपैयाँ बजेटका कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यालय प्रमुख नारायण कुशुमले प्रशासनिक बाहेक अन्य सबै बजेट म्याग्दी र मुस्ताङ जिल्लाका कृषकहरुका लागि आएको जानकारी दिनुभयो । मत्स्य ब्यवसाय प्रर्वद्धन कार्यक्रमका लागि १३ लाख पचास हजार, पशु स्वास्थ्य कार्यक्रमलाई ८३ लाख ९४ हजार, पशु आहारा प्रर्वद्धन कार्यक्रमलाई दश लाख पचास हजार र पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमलाई आठ लाख सत्तरी हजार रुपैयाँ बजेट आएको बताउनुभयो ।

Shreekrishna hardwear in news

यस वर्ष प्रदेश सरकारले कृषकलाई दूध उत्पादनका आधारमा अनुदान र पशु बिमाको प्रिमियम शूल्क तिरिदिने ब्यवस्था मिलाएको छ । दूध उत्पादन गरेर सहकारी मार्फत बिक्री गर्नेहरुका लागि कार्यबिधि र मापदण्ड अनुसार अनुदान उपलब्ध गराउन ५१ लाख चालीस हजार रुपैयाँ बजेट आएको छ ।

पशुपंक्षिको बिमा सुरक्षण प्रिमियममा २५ प्रतिशत अनुदान उपलब्ध गराउन ४५ लाख रुपैयाँ बजेट आएको छ । यसअघि संघीय सरकारले कृषि बिमाको प्रिमियम शूल्कमा ७५ प्रतिशत अनुदान दिदै आएकोमा प्रदेश सरकारले कृषकले तिर्नुपर्ने २५ प्रतिशत प्रिमियम शूल्क उपलब्ध गराएर कृषि बिमालाई निशूल्क बनाएको केन्द्रका प्रमुख कुशुमले बताउनुभयो ।

Bhautik ministry notice about road

यसैगरी कृत्रिम गर्भाधानबाट जन्मिएका २०० पाडापाडी एक वर्ष पालेर हुर्काए वापत दश हजारका दरले उपलब्ध गराउन २० लाख, पुराना पकेट फलोअप कार्यक्रमलाई १५ लाख, भेडाबाख्राको स्रोत केन्द्र स्थापना गर्न आठ लाख बिनियोजन भएको छ ।

गाइभैसी, बाख्रा, बंगुर, माछा, कुखुरा पकेट बिस्तार कार्यक्रमलाई ४५ लाख र भैसी बिकास कार्यक्रमलाई तीस लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । फार्म यान्त्रीकरण कार्यक्रमलाई २० लाख, साना ब्यवसायिक फार्म स्थापना बिस्तारका लागि ७८ लाख, समस्या समाधान तथा प्राबिधिक पृष्ठपोषणलाई तीन लाख बिनियोजन भएको छ ।

पशु आनुवांशिक स्रोत संरक्षण कार्यक्रम अन्तरगत मागमा आधारित घुम्ती गोठ तथा खर्क ब्यवस्थापनका लागि बीस लाख र साझेदारीमा पशु आनुवांशिक स्रोत संरक्षण सम्र्बद्धन तथा उपयोग कार्यक्रमलाई नौ लाख बिनियोजन भएको छ । पशुपंक्षी बजार प्रर्वद्धन कार्यक्रमलाई सात लाख, एकिृकृत स्वास्थ्य कार्यक्रमलाई १७ लाख चालीस हजार र क्षमता अभिवृद्धिका लागि १० लाख २५ हजार रुपैयाँ बिनियोजन भएको छ ।

कोभिड–१९ को प्रभाव लक्षित कार्यक्रमका लागि १५ लाख पचास हजार, सुुशासन तथा पारदर्शिता सम्बन्धी कार्यक्रमलाई छ लाख पाँच हजार बिनियोजन भएको छ । सूचना प्रकाशन गरि आवेदन संकलन, स्थलगत अनुगमन र मुल्याङ्कनको बिधिबाट छनौट गरि कार्यबिधि अनुसार अनुदान उपलब्ध गराउनने कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...