ट्राफिक सप्ताहको समापन

Gandaki Pardesh notice

बेनी, । दुर्घटना न्युनीकरण र सवारी सम्बन्धी नियम पालनाका विषयमा जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालन भएको ट्राफिक सप्ताहको आइतबार समापन गरिएको छ ।

जिल्ला प्रहरी र ट्राफिक कार्यालयले वैशाख २५ गतेदेखि सदरमुकाम बेनी बजार र ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको समापन कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले सप्ताह अन्तरगत भएका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो ।

२६९ पटक भएको कार्यक्रममा २२ हजार ५५८ जना सहभागि भएका प्रनाउ कुँवरले बताउनुभयो । १५ पटक ट्राफिक जनचेतनामुलक माईकिङ, ४०८ वटा सवारी साधनमा स्टिकर टाँस, तीन हजार १०० वटा पर्चा वितरण, ७४५ जनालाई माक्स वितरण, १५ जनालाई हेल्मेट सिट बेल्ट प्रशिक्षण, १५ पटक आरक्षण सिट अनुगमन र ७ पटक छत तथा हुटमा यात्रु प्रशिक्षण गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

८ पटकमा एक हजार २२५ जनालाई ग्रामिण सडक लक्षित प्रशिक्षण, ९ पटक सिट क्षमता भन्दा बढी यात्रु प्रशिक्षण, ७ पटकमा ३२५ जनालाई चालक परिचालक प्रशिक्षण, ५ पटकमा ३०० वटा सवारी साधन अनुगमन, ७ पटक तिब्र गति नियन्त्रण र ओभरटेक अनुगमन गरिएको थियो ।

३५ जना सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण, ६ पटक भाडादर अनुगमन, १८५ जनालाई सवारीको मेकानिकल प्रशिक्षण, २३५ जनालाई चालक परिचालकको पोशाक प्रशिक्षण, २०० जना विद्यार्थीलाई सचेतनामा सहभागी गराएको छ ।

२२ पटकमा एक हजार ५७५ जना सर्वसाधारण र १६ पटकमा ११ सय जना विद्यार्थी, १२ पटकमा एक हजार ५० जनालाई यात्रु सचेतना गराइएको छ । १२० जना सेना र सशस्त्र प्रहरीलाई पनि ट्राफिक नियम सम्बन्धी प्रशिक्षणमा सहभागि गराइएको छ ।

अन्य समयमा पनि दुर्घटना न्युनीकरण, सवारी नियम कार्यान्वयनमा सवारी चेकजाँच र विभिन्न सचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यता र प्रहरी निरीक्षक कुमार गुरुङको सञ्चालनमा भएको कार्यक्रममा बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि र बेनीमा रहेका टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...