बालअधिकार सुनिश्चितताको माग

Gandaki Pardesh notice

बेनी, ३० वैशाख । बेनी नगरपालिका क्षेत्रका बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको माग गरेका छन् । बेनी नगरपालिकाद्वारा आयोजित बाल क्लब र बाल सञ्जालको क्षमता विकास तालिमका सहभागीहरुले बाल अधिकारको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

शुक्रवार तालिमको अवसरमा बाल क्लब र बाल सञ्जालमा आबद्ध बालबालिकाहरुले बाल अधिकारसँग सम्बन्धित विभिन्न १४ वटा मागहरु समावेश गरी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेलाई बुझाएको जानकारी गराएका छन् । मागपत्रमा बेनी नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउनका लागि आवश्यक नीति, ऐन, योजना र कार्यक्रम तर्जुमा गर्न माग गरिएको छ । 

यसैगरी बेनी नगरपालिकाले उपयुक्त स्थानमा बाल उद्यान स्थापना गर्न र सञ्चालनमा सघाउनुपर्ने जनाइएको छ भने अभिभावकहरुलाई घरेलु हिंसा र बाल अधिकारको सम्बन्धमा तालिम दिने र सचेतीकरण गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । 

त्यस्तै बालबालिकाहरुको क्षमता पहिचानका लागि वार्षिक तालिकाको आधारमा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, समाजमा बढ्दै गैरहेको बालविवाहलाई शुन्यमा झार्न सचेतना र जागरणमूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने ध्यानाकर्षण गराइएको छ ।

Bhautik ministry notice about road
समुदाय र संस्थागत तहमा हिंसा न्युनीकरण गर्नको लागि तालिम र कार्यशालाको आयोजना गर्नुपर्ने, कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्न नगरपालिकामा बालविकास कोष स्थापना गरी परिचालन गर्नुपर्ने जनाइएको छ । 

नगरपालिका क्षेत्रमा विद्यमान संरचनाहरुको मर्मतसम्भार र नयाँ संरचनालाई प्रयोगकर्तामैत्री बनाउनुपर्ने बालबालिकाहरुको माग रहेको छ । त्यसैगरी बालबालिकाहरुको लागि योग शिविर सञ्चालन, बालिका तथा किशोरीहरुका लागि महिनावारी स्वच्छता व्यवस्थापन, बाल क्लब गठन नभएका स्थानमा बाल क्लबहरु गठन गनुपर्नेलगायत बालबालिकासम्बन्धी मागपत्रसहित नगरपालिकामा बुझाइएको छ ।

Shreekrishna hardwear in news
मागपत्र बुझ्दै बेनी नगरपालिकाको उपप्रमुख लामिछानेले बालबालिकाहरुको माग सम्बोधनका लागि आफू र नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालबालिकाले उठाएको मागलाई आउँदो आवको वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभयो ।  
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...