म्याग्दीका जुग्जालीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी

Add Samajik bikash office

बेनी, । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार जुग्जाली सहित चार जना मन्त्री नियुक्त गरेर प्रदेश सरकारलाई पुर्णता दिनुभएको हो ।
एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जाली कांग्रेसका पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो ।
पर्यटन मन्त्रालयको छोटो समयमा नेतृत्व गर्दा देखाएको कार्यप्रगतिका कारण जुग्जालीले प्रदेशको शक्तिशाली र विकाससँग सम्बन्धित प्रमुख मन्त्रालयको जिम्मेवारी पाएको नेताहरुले बताएका छन् ।
पर्यटन मन्त्रालयमा जुग्जालीले छोटो अवधिमै नीतिगत सुधार, सुशासन र योजना कार्यान्वयमा देखाउनुभएको कार्यकुसलताकै कारण माओवादी केन्द्रबाट पुनः मन्त्री बन्ने अवसर पाउनुभएको हो ।
गण्डकीमा मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका पाण्डे र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीकी सुशीला सिम्खडाले पाउनुभएको छ ।
काँग्रेसबाट आर्थिक मामिलामा तनहुँका जितप्रकाश आले, उद्योग पर्यटन तथा वातावरणमा बाग्लुङका दिपेन्द्र थापा, कृषि भूमि व्यवस्था तथा सहकारीमा नवलपुरका महेन्द्रध्वज जिसी, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी स्याङ्जाकी सरस्वती अर्यालले पाउनुभएको छ ।

Bhautik ministry notice about road


नवनियुक्त मन्त्रीहरुले शुक्रबार अपराहन्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीबाट पद तथा गोपनीयताको सपथ लिए लगत्रै सहिदको शालिकमा माल्यार्पण गर्न पोखराको सहिदचोक पुग्नुभएको थियो ।
नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर ४५ दिनभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरु सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताउनुभयो ।

Shreekrishna hardwear in news


प्रादेशिक सडकहरुलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको मन्त्री जुग्जालीले बताउनुभयो । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्ति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।
प्रदेश सरकार अन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालिन महत्वको निर्णय गर्नुभएका मन्त्री जुग्जालीले गुरुयोजना पछि प्रदेश भित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मत सम्भार तथा प्राथमिकिकरणका लागि सहयोग पुग्ने बताउनुभयो ।
पदवहालीपछि मन्त्रालयहरुमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताउनुभयो । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...