धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ सम्झना के.सीले बताउनुभयो ।
१६ देखि ५९ महिना उमेर समूहका २९६ जना बालबालिकाहरुले तोकिएको सबै खोप लगाएका छन् । विभिन्न रोगका विरुद्ध विसीजी, डिपिटि, हेब्बी, पोलियो, रोटा, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोप लगाएका स्वास्थ्य शाखा संयोजक केसीले बताउनुभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । मुनामा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, सामाजिक समितिका संयोजक देवेन्द्र रोका लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र स्वास्थ्य कर्मीहरुको उपस्थितिमा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...