कैदीबन्दीले बनाएका मुढा चीन निकासी

Sinchai Khanipani notice

बेनी, । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ ।

चीनबाट माग आएपछि कैदी बन्दीलाई बाँसबाट मुढा बनाउन भ्याई नभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार बसन्त रोकाले पहिलो चरणमा ८२० वटा मुढा चीन पठाईएको जानकारी दिनुभयो ।

“एक महिनाअघि १६०० वटा मुढाको माग आएको थियो,” उहाँले भन्नुभयो “८२० वटा पठाईसक्यौ । बाँकी मुढा बनाउन व्यस्त छौ ।” कारागारमा रहेका कैदी बन्दीहरुले समय बिताउनका लागि मुढा बनाउदै आएका छन् ।

Shreekrishna hardwear in news

प्रतिगोटा मुढा रु. ४५० का दरले कारागारबाटै विक्री भएको हो । खुद्रा प्रतिगोटा रु. ५०० का दरले बेच्ने गरेका छन् । बाँस र पलास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन् । कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–२ खबरामा रहेको कारागारमा ८० जना पुरुष र तीन जना महिला कैदीबन्दी छन् । यो कारागार सात जना महिला सहित ३२ जना क्षमताको हो । कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताउनुभयो । यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए ।

एक वटा मुढा बुन्न बढीमा दुई दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको माग अनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन् । मुढा ब्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताउनुभयो ।

“म्याग्दीका साथै बागलुङ, भिमफेदी र पुर्वी नेपालका कारागारका कैदी बन्दीले बुनेका मुढा संकलन गरेर चीन पठाउन थालिएको छ,” उहाँले भन्नुभयो “कैदी बन्दीले तयार पारेपछि थप मुढा पढाउने तयारी छ ।” उहाँका अनुसार चीनमा खेतवारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ । चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ ।

निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नु परेको थियो । निर्यात खुलेपछि चिनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहीत भएका छन् । कारागारमा उद्योग तथा पर्यटन कार्यालय लगायत विभिन्न निकाय र संघ संस्थाले कैदी बन्दीलाई मुढा बुन्ने सिपमुलक तालिम दिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...