म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा सांसद केसीको आपत्ति

Add Samajik bikash office

अति प्रभावित जिल्ला घोषणा गरि भूगर्वबिद्को टोली खटाउन र पुर्नवासको जिम्मेवारी सरकारले लिनुपर्ने माग
बेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ ।

गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दी क्षेत्र (क)बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई मात्र विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेर अन्य जिल्लालाई विभेद गरेकोमा असन्तुष्टि जनाउनुभयो ।

‘संघिय सरकारले गरेको घोषणा सच्चाउन आवश्यक छ,’ केसीले भन्नुभयो ‘प्रदेश सरकारले पनि पहिरो, बाढी र कटानबाट क्षतिविक्षत र ठूलो जनधनको क्षति ब्यहोरेको म्याग्दीलाई अति प्रभावित जिल्ला घोषणा गर्नुपर्छ ।’

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जोखिमयुक्त बस्तीको अध्ययनका लागि तत्काल भुगर्वबिद् सहित विज्ञ टोली खटाउन, घरबास गुमाएकाहरुको पुर्नवासको जिम्मेवारी राज्यले लिनुपर्ने नेकपाको प्रदेश कमिटि सदस्य समेत रहनुभएका सांसद केसीले बताउनुभयो । पहिरो, कटान र बाढीले क्षतविक्षत भएका भौतिक संरचनाको पुननिर्माणमा बिशेष बजेटको ब्यवस्थापन गर्र्नुपर्ने सांसद केसीको भनाई थियो ।

म्याग्दीमा यो वर्ष पहिरो, बाढी र कटानबाट ३१ जनाको मृत्यु तथा पाँच जना बेपत्ता छन् । १७४ परिवार घरबास बिहिन भएका छन् । दर्जनौ बस्तीका हजार भन्दा बढी घरधुरी जोखिममा छन् । सडक, खानेपानी, बिद्युत, भवन, नहर लगायत भौतिक संरचनामा अरबौको क्षति भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...