लामेलामा स्थलगत कृषि तालिम

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ लामेलामा बुधबार सेवा टेवा सहितको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

कृषि ज्ञान केन्द्रको आयोजनामा सञ्चालित १ दिने तालिममा २० जनाको सहभागिता रहेको थियो । कृषकहरुलाई स्थलगत र व्यवहारिक रुपमा तरकारी खेती सम्बन्धी प्राविधिक ज्ञानसिप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा मौसमी र बेमौसमी तरकारी खेती, नर्सरी व्यवस्थापन, रोग किरा व्यवस्थापन, प्रयोगात्मक सिड टे«मा नर्सरी सम्बन्धी कक्षा सञ्चालन भएको थियो । केन्द्रका बाली संरक्षण अधिकृत निर्मला कटुवाल, प्राविधिक सहायक श्याम सरन कुर्मीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...