वेशी पन्थोक खानेपानी आयोजना निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ पन्थोक गाउँमा मा वेशी पन्थोक खानेपानी आयोजना निर्माण भएको छ ।

एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको उपभोक्ता समितिका कोषाध्यक्ष भूमिका गर्बुजाले बताउनुभयो ।

सरसफाईमा पनि सहयोग पुगेको छ । स्थानीयबासीमा खुसीयाली छाएको छ । पानीको स्रोत प्रशस्त भएपनि वितरण व्यवस्थित थिएन् । पुरानो खानेपानी आयोजनाको संरचना जिर्ण र लिथालिंग थियो ।

Shreekrishna hardwear in news

आयोजनाको उपभोक्ता समितिका अध्यक्ष चक्रे पुनका अनुसार २९ वटा घर, जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लवको भवनमा पानी वितरण गर्न ३० वटा निजी धारा जडान गरिएको छ । पन्थोक, खाउरीवाङ र मुनावाङ टोलका २१२ जनसंख्या लाभान्वित भएका छन् । पानी वितरणलाई व्यवस्थित गर्न प्रत्येक धारामा मिटर जडान गरिएको छ ।

Bhautik ministry notice about road

जगरबोटमा मुहान र तीन हजार ५५७ मिटर पाइपलाइन भएको आयोजनाको तीन वटा टंकी छन् । एक वटा आठ हजार लिटर, एक वटा तीन हजार र एक वटा एक हजार लिटर क्षमताको टंकीमा पानी संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको उपभोक्ता समितिका सचिव रिगबहादुर गर्बुजाले बताउनुभयो ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्था, धवलागिरी गाउँपालिका र उपभोक्ताको रु. १३ लाख ५२ हजार ४२९ लागतमा आयोजना निर्माण भएको हो । नेवाले रु. सात लाख ६६ हजार ९२, गाउँपालिकाले रु. चार लाख १२ हजार ३३५ सहयोग गरेका छन् । रु. ३३ हजार ४६० नगद संकलन गरेका उपभोक्ताले रु. एक लाख चालिस हजार ५४२ बराबरको श्रमदान गरेका नेवाका प्राविधिक सुवित श्रेष्ठले बताउनुभयो ।

२०७९ भदौ १३ गते सम्झौता भएको खानेपानी आयोजना निर्माणको काम भने चैत दोस्रो सातादेखि शुरु भएको थियो । काम शुरु भएको एकै महिनामा आयोजना निर्माण सकिएको हो । नेवा संस्थाका प्राविधिक निरीक्षक रामबहादुर बुढाका अनुसार वडा नम्बर ५ को मल्कवाङ र भेडिखाल्टामा पनि खानेपानी आयोजना निर्माणाधिन छन् ।

आगामी आर्थिक वर्षमा धवलागिरीमा थप २ वटा, मालिकामा ६ वटा र मंगलामा ३ वटा खानेपानी आयोजना निर्माणको तयारी भएको प्राविधिक निरीक्षक बुढाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...