बेनी बजारमा अव्यवस्थित तार हटाइयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाइएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो ।

बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन अव्यवस्थित तार हटाएको हो । चैत पहिलो हप्तादेखि बालमन्दिरचोक देखि शुरु भएको तार हटाउने काम बुधबार बजारको सबै भागमा सकिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रहरीका हवल्दार शंकर पौडेलको नेतृत्वमा दुई जना सिपाही, केवुल, इन्टरनेट, टेलिकम र विद्युत प्राधिकरणका कर्मचारीहरु तार व्यवस्थापनमा परिचालन भएका थिए । नगरप्रमुख सुरत केसीले बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्वस्थित तार हटाइएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

‘विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको थियो,’ उहाँले भन्नुभयो ‘सेवा प्रदायक कम्पनी र संस्थाहरुको सहभागितामा अव्यवस्थित तार हटाएका हौ ।’

Bhautik ministry notice about road

प्रयोग विहिन तार पहिचान गरेर त्यसलाई पोलबाट निकालिएको हो । वर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका थिए । जसका कारण विद्युत पोलमा भार बढेको थियो । लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवत जावतमा समस्या भएको थियो ।

प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो । अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सिसिटिभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको गुनासो थियो । हटाएपछि बजार सफा र व्यवस्थित देखिएको नगरप्रमुख केसीले बताउनुभयो ।

प्राधिकरण र तार प्रयोग गरेका केवुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधीहरुसँग नगरपालिकामा विभिन्न चरणमा अव्यवस्थित तार हटाउने सम्बन्धमा छलफल भएको थियो । पब्लिक भिजन केवुल नेटवर्क सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले २० वर्षदेखि अरसल्ल परेका तार हटाइएको बताउनुभयो ।

‘बेनी बजारलाई सुन्दर र सुरक्षित बनाउने अभियानमा सेवा प्रदायक संस्थाहरुले पनि साथ दिएका छौ,’ उहाँले भन्नुभयो ‘सबै सेवा प्रदायक संस्थाहरुबाट एक–एक जना जनशक्ति परिचालन गरेका छौ ।”
१५ दिनभित्र काम नलाग्ने तार हटाउने र व्यवस्थित गर्ने लक्ष्य राखिएकोमा दुई महिना लागेको हो । म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...