कृषि प्राविधिकसँग ज्ञान केन्द्रको बैठक

Gandaki Pardesh notice

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहका कृषि प्राविधिकहरुसँग मंगलबार बेनीमा समन्वय बैठक गरेको छ ।
प्रदेश सरकार अन्तरगतको ज्ञान केन्द्र, संघीय सरकार अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी र जिल्लाका छ वटै स्थानीय तहका कृषि प्राविधिकहरुको सहभागिता थियो ।
तीनै तहका सरकारले सञ्चालन गरेका कृषि सम्बन्धी कार्यक्रम कार्यान्वयनको अवस्था, चुनौति र समाधानका लागि भएका पहलको विषयमा छलफल भएको थियो । जनशक्तिको अभावका कारण काम गर्न समस्या भएको स्थानीय तहका प्राविधिकहरुको भनाई थियो ।
कार्यक्रमको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले सहजिकरण गर्नुभएको थियो । चालु आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनमा तिब्रता दिने र समन्वय गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमलाई दोहोरोपना पर्न नदिन र समन्वयका लागि कृषि ज्ञान केन्द्रले स्थानीय तहका प्राविधिकहरुसँग समन्वय बैठक गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...