अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन

Shreekrishna hardware

बेनी, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ ।
नेपाली सेनाको हिमाल सरसफाई अभियान मार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।
२०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाई टोली मंगलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । सेनाका १० जना र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहोर संकलन गरेका थिए ।
सफाई अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गर्नुभएको थियो । क्याप्टेन भिमबहादुर भुजेल सहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मनै पुगेर फोहोर संकलन गर्नुभएको थियो ।
एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहोर संकलन भएको टोलीले जनाएको छ । कुहिने फोहोर आधार शिविरदेखि तीन घण्टाको पैदल यात्रा बेशीतर्फ झरेपनि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लवका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।
नकुहिने फोहोर प्रभु एयरको हेलिकप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो । आधार शिविरबाट हेलिकप्टरमा ल्याइएको फोहोर ट्रकमा राखेर दानाबाट काठमाडौ स्थित नेपाली सेनाको मुख्यलयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताउनुभयो । प्लास्टिक, टिन, फलाम र सिसाजन्य २४ सय किलोग्राम फोहोर काठमाडौ लगिएको हो ।
आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाई भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । “आरोहण र पदयात्राका लागि गएकाहरुले फालेका सामानले फोहोर बढ्दै गएको थियो,” उहाँले भन्नुभयो “सेनाको टोलीले पहिलो पटक अन्नपूर्ण हिमाल सरसफाई गरेको हो ।”

हिमाल सरसफाईका लागि पोखरा महानगरपालिकाले सेनालाई रु. १५ लाख बजेट सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ ।

Ban devision notice

गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धौलागिरी र मनास्लु हिमालमा यसअगाडीनै सरसफाई गरिएको थियो । हिमालमा हुने फोहोरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको हो ।

Shreekrishna

सन २०१९ देखि हिमाल सरसफाई अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने ७ हजार १५७ किलो फोहोर संकलन गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...