बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

Sinchai Khanipani notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बाली विज्ञान विषय पढ्ने विद्यार्थीलाई अनुदान दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी ८ कक्षा उतिर्ण भएका र ग्राम प्रकाश माविले सञ्चालन गरेको बाली विज्ञान विषयमा कक्षा ९ मा भर्ना हुने विज्ञार्थीलाई वार्षिक रु. ३६ हजार उपलब्ध गराउने निर्णय भएको अध्यक्ष आचार्यले बताउनुभयो ।
बाली विज्ञान विषय पढ्ने विद्यार्थीले सम्बन्धीत विद्यालयको सिफारिसमा सो सुविधा पाउनेछन् । कृषि प्राविधिक विषयको पढाईप्रति विद्यार्थीलाई आकर्षितका साथै आर्थिक अवस्था कमजोर भएकाको पठनपाठनमा सघाउन यस्तो निर्णय गरिएको हो ।
जलजला–५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ९९–१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पठनपाठन शुरु गरेको छ । वि.स. २०१५ सालमा स्थापना भएको यो विद्यालय उत्तरी पर्वतको पुरानो मध्येको विद्यालय हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...