म्याग्दीमा विभिन्न कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी, । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो ।
कलाकार कृष्ण जिसीले सारंगी बजाएर गीत गाउनुभएको थियो । ‘सल्लै हो जोवन कल्लाई हो’ बोलको पुरानो भाकामा जिसीले गीत गाउँदा चौतारीमा जम्मा भएको रेडक्रसकर्मी तथा शितलता लिन बसेका अन्य ज्येष्ठ नागरिकहरु छमछमी नाचेका थिए ।
गायक जिसीले गाउनुभएको ‘रम्दै हिड्छौ नाँच र गीतमा, सहयोग गछौँ आपत र विपतमा । चौतारीमा नाच्ने र गाउने, रगत दिएर ज्यान पनि बचाउने । बस्नु पर्छ सवको मन भित्र, सेवा गर्ने उदेश्य पवित्र’ लगायतका गीतका टुक्काहरुमा रेडक्रसकर्मीहरु उत्साहका साथ रमाएका थिए ।

Bhautik ministry notice about road


गायक जिसीलाई गायीका देवि जिसी र गायक ध्रुव जिसीले साथ दिनुभएको थियो । विश्व रेडक्रस दिवस सन्देशमुलक गीत संगीतका साथमा मनाएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले बताउनुभयो ।
कार्यक्रमा बेनी नगरपालिका प्रमुख सुरत केसीले विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मानवीय सेवामा समर्पित रहन आग्रह गर्नुभयो । कसैलाई परेको आपत र विपतको समयमा सहयोग गर्नु नै ठुलो धर्म भएको भन्दै रेडक्रसकर्मीहरुको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।
यसैगरी पिप्ले उपशाखाको आयोजनामा ८० वर्ष माथिका जेष्ठ नागरिक र अपाङ्गहरुको स्वास्थ्य परिक्षण र फलफुल वितरण गरिएको उपशाखा सभापति बिनोद शर्माले बताउनुभयो । जेष्ठ नागरिकहरुको रक्तचाप परिक्षण र फलफुल वितरण गरिएको हो ।
शिख उपशाखाले हाँजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । शिख माविबाट सहभागि भएका हेविन परियार, सन्ध्या तिलिजा र उषा नेपालीको समूह प्रथम भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...