दलित मुक्ति मोर्चाको उपाध्यक्षमा म्याग्दीका टेक विश्वकर्मा निर्वाचित

Gandaki Pardesh notice

काठमाडौ । म्याग्दीका टेकबहादुर विश्वकर्मा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मोर्चाको सोमबार काठमाडौमा सम्पन्न छैटौ राष्ट्रिय सम्मेलनबाट रुकुमका दलजित श्रीपालीको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा म्याग्दीका बिक रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश सहसचिव रहेका विक मोर्चाको गण्डकी प्रदेश ईञ्चार्ज हुनुहुन्छ । मोर्चाको केन्द्रिय सदस्यमा गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रुचाल (ऋृतु), म्याग्दीका गौरी सेञ्चुरी पनि चयन हुनुभएको छ ।
सम्मेलनको प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...