परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया

Gandaki Pardesh notice

बेनी, । बेनीमा सोमबार परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोग र स्वास्थ्य कार्यालय म्याग्दीसँगको समन्वयमा वृद्ध हेल्थ प्रमोशन एजुकेशन सेन्टरको आयोजनामा चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरुबीच अन्तरक्रिया भएको हो ।
म्याग्दीमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य सेवा, अवस्था, चुनौति र दिगो विकास लक्ष्य अनुसारको प्रगति हाँसिलका लागि भएका गतिबिधिको बारेमा छलफल भएको थियो ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा. अञ्जु थापाले म्याग्दीमा चिकित्सकको सल्लाहबिना औषधीको जथाभावी प्रयोग, असुरक्षित गर्भपतन, परिवार नियोजनका साधनको न्युन प्रयोग, बालबिवाहका कारण मातृ शिशु स्वास्थ्यमा चुनौति रहेको बताउनुभयो ।
नसर्ने रोगबाट बच्नका लागि स्वच्छ आहरा, शारिरिक ब्यायम र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टर थापाले बताउनुभयो । स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक इन्द्र बानियाले चेतना अभिवृद्धी र सेवामा पहुँच बढाउन आम सञ्चारका माध्यमका साथै सामाजिक सञ्जाललाई पनि प्रयोग गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road


वृद्ध हेल्थ प्रमोशन एजुकेशन सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मी नारायण देवले परिवार नियोजन सेवाको गुणस्तर सुधार र विस्तार, पोषण अवस्थामा सुधारको आवश्यकतामा जोड दिनुभयो । वान हार्ड परियोजनाका उपेन्द्र बरालले वर्थीङ सेन्टर निर्माण, मर्मत, नर्सिङ स्टाफलाई क्षमता विकास तालिम, उपकरण सहयोग लगायतका गतिबिधि गरेर मातृ शिशू मृत्युदर घटाउने प्रयास गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय म्याग्दीका दुर्गा शर्माले गत वर्ष दुई÷दुई जना नवजात शिशू र आमाको मृत्यु भएको बताउनुभयो । ७७ प्रतिशतले संस्थागत प्रसुति सेवा लिने गरेका छन् । म्याग्दीमा प्रजनन् उमेर समूहका महिलाको जनसंख्या २१ ह्जार १८३ जना छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले वार्षिक दुई हजार जनाको हाराहारीमा पहिलोपटक गर्भजाँच गराउने म्याग्दीमा गर्भपतन गर्नेको संख्यापनि सोही अनुपातमा रहेको बताउनुभयो ।
प्रजनन् योग्य दम्पत्त मध्य ४७ प्रतिशतले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने, ९४ प्रतिशत गर्भवतिले मात्र आइरन चक्किको पुरा मात्र सेवन गरेको, ९४ प्रतिशत गर्भवतिले तोकिएको समयमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
मातृ शिशू मृत्युदर न्युनीकरणका लागि जटिल अवस्थाका गर्भवति र सुत्केरीको हेलिकप्टर मार्फत उद्धार, स्थानीय तह र संघ संस्थाले पोषण सम्बन्धी कार्यक्रम सञ्चालन, स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण, घरघरमा पुगेर सुत्केरी भेटघाट गर्ने कार्यक्रम सञ्चालन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...