बेनीमा ट्राफिक सप्ताह

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।
सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताह मनाउन थालिएको हो ।
सप्ताहको पहिलो दिन बेनी बजारमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए ।

Bhautik ministry notice about road


सर्वसाधारणहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो ।
‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ ¥यालीको आयोजना गरिएको थियो ।
विरेन्द्रचोकबाट शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, कालीपुल, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै जिल्ला समन्वय समितिका सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र प्रहरी नायव उपरीक्षक मदन कुँवरले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...