मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

Sinchai Khanipani notice

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार नगरपालिका ५ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले बताउनुभयो ।
१६ देखि ५९ वर्ष उमेर समूहका ८०२ जना बालबालिकाहरुले तोकिएको सबै खोप लगाएका छन् । विभिन्न रोगका विरुद्ध विसीजी, डिपिटि, हेब्बी, पोलियो, रोटा, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोप लगाएका स्वास्थ्य शाखा प्रमुख रोकाले बताउनुभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । बाबियाचौरमा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा), प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य र स्वास्थ्य कर्मीहरुको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...